चितवन राष्ट्रिय निकुञ्जले चोरीसिकारको दुई शून्य वर्ष पु¥याउनै लाग्दा आजबाट सप्ताहव्यापी गैँडा बाघ संरक्षण सचेतना कार्यक्रम सुरु गरेको छ ।
पूर्वको लोथर मध्यवर्ती उपभोक्ता समितिबाट सुरु भएको यो अभियान पटिहानीको केरुङ मध्यवर्ती उपभोक्ता समितिमा गएर वैशाख २० गते सकिँदैछ । यही वैशाख १९ गते चोरीसिकार शून्य भएको दुई वर्ष पुग्दैछ । २०७१ साल वैशाख १९ गते चोरीसिकारीले एउटा गैँडा मारेका थिए । त्यसयता चोरीसिकारीका कारण बाघ तथा गैँडाजस्ता जनावर मारिएका छैनन् । निकुञ्जले अब बाघ गैँडा नमारिए यही वैशाख २० गते शून्य सिकार दिन विशेष कार्यक्रमका साथ मनाउन पाउनेछ ।
निकुञ्जका आसपासमा रहेका बस्तीलाई समेटेर चारवटा जिल्लामा २२ वटा मध्यवर्ती उपभोक्ता समिति रहेका छन् । तिनै उपभोक्ता समितिको संयोजनमा कार्यक्रम हुँदैछ । कार्यक्रममा निकुञ्जका
स्थानीयवासीले भोगेका समस्या, पाएका सुविधा, अब गर्नुपर्ने काम र संरक्षणमा भएका प्रगति र चुनौतीका विषयमा छलफल हुनेछ । रासस