newskoseli.Com

‘टाउकाको ओखती नाइटामा के काम’ : बाबुराम भट्टराई

पूर्वमाओवादी वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानो लोकोक्तिको स्मरण गर्दै आफू र आफ्नो पुस्ताका सबै नेताहरु रुपान्तरित हुनुपर्ने बताएका छन् । आफूहरु सबैमा आएको स्खलनकै कारण मुलुकका वर्तमान समस्या निम्तिएको उनको भनाइ छ ।

‘भनिन्छ– टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो,’ आइतबार बिहान सामाजिक सञ्जाल ‘ट्विटर’ मा ‘ट्विट लेख्दै डा. भट्टराईले भनेका छन्– ‘कांग्रेस ‘कांग्रेस’ नरहनु; कम्युनिस्ट ‘कम्युनिस्ट’ नरहनु; समाजवादी ‘समाजवादी’ नरहनु ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है !’

यस्तो छ डा. भट्टराईको ‘ट्विट’, जस्ताको तस्तै–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर