
प्रतिनिधिसभा ‘विघटन’ सम्बन्धी मुद्दामा बहस सकिएको छ । निवेदकका तर्फबाट १२ घन्टा, विपक्षीका तर्फबाट १५ घन्टा, निवेदकका तर्फबाट ३ घन्टा जवाफी र एमिकस क्युरीका तर्फबाट २ घन्टा बहस सोमबार सकिएको हो ।
संवैधानिक इजलास अब असार २८ मा बस्ने गरी पेसी तोकिएको छ । बहसको अन्त्यमा निवेदकको जवाफी बहस र एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रस्तुत मुद्दालाई ‘हेर्दाहेर्दैमा’ राखेर असार २८ का लागि पेसी तोकेका हुन् । सबै प्रक्रिया पूरा भइसकेकाले सम्भवतः सोही दिन (असार २८ मै) फैसला आउन सक्ने आँकलन गरिएको छ ।