newskoseli.Com

अपमानपूर्ण अपदस्थ हुनुपर्दा के–के भने खड्ग ओलीले ? (भिडियोसहित)

सिंगै राष्ट्र, नेपाली जनता र राष्ट्रिय राजनीतिक प्रणालीलाई आफ्नै बिर्ता र बपौतीसरह ठान्दै र त्यसैअनुरुप कुशासनको दुष्चक्र चलाउँदै आएका एमाले अध्यक्ष खड्ग ओली मंगलबार प्रधानमन्त्रीको पदबाट मुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार जारी गरेको परमादेशमार्फत अपदस्थ भएका ओलीले बालुवाटार छाड्नुअघि सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै अनेकौं भ्रमजाल, ढाँटछल, आरोप, कुण्ठा र आक्रोशयुक्त भाषण गरे ।

प्रधानमन्त्रीका रुपमा पदभार समालेदेखि नै अनेकौं भ्रष्टाचार, अनियमितता, कुशासन र व्यभिचारका अपराधपूर्ण श्रृंखला नै मच्चाउँदै आएका ओलीले पछिल्लो चरण गणतन्त्र, संघीयता, संविधान, कानुन र समग्र राजनीतिक प्रणाली, सभ्यता, शिष्टाचार, अभ्यास र मूल्य–मान्यताहरुविरुद्ध घनघोर हमला गरे । राष्ट्र र जनताविरुद्धका यी अपराध उनले एक पटक होइन, पटक–पटक र निरन्तर गरिरहे ।

नेपाली इतिहासमै कलंकका विकृत एवं निकृष्ट नमूना नै बनेका ओली र उनको साँघुरो घेराभित्रको अपराधपूर्ण हर्कतहरुमा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत निरन्तर साथ र सहयोग रहँदै आयो । नेपाली इतिहासकै दुर्लभ अवसरका रुपमा प्रतिनिधिसभाको दुईतिहाइभन्दा बढी बहुमतका साथ गठन भएको ओली सरकार यसअघि नै अल्पमतमा परेर अपदस्थ भइसकेको थियो । तर, संविधान र कानुनको धज्जी उडाउँदै अनेकौं तिक्डमबाजी र बलमिच्याइँ तथा राष्ट्रपति संस्थाको दुरूपयोगका आधारमा जबर्जस्ती सत्तामा टाँसिइरहेका ओली अन्ततः इतिहासकै सबैभन्दा बढी कलंकित, अपमानित र बदनाम भएर अदालतको आदेशमार्फत गलहत्तिन पुगे ।

त्यही स्थितिमा मंगलबार बालुवाटार छाड्नुअघि ओलीले आफ्ना कुण्ठा, आक्रोश, छलकपट र आरोपहरूको पोकोका रूपमा अन्तिम एवं विदाइ सम्बोधन गरेका हुन् । यो सम्बोधनमा पनि उनले विगतका सम्बोधनमा झैं राज्यका स्वतन्त्र र निर्भीक संयन्त्र एवं निकायहरूविरूद्ध निराधार र निर्लज्ज आरोप लगाए । विगतदेखि नै निर्माण र विकासका क्रममा रहेका याेजना र कामहरू आफैंले गरेको भनी जगतलाई ढाँटे र मुलुक, लोकतन्त्र र कानुनी राज बचाउन क्रियाशील सहकर्मी तथा राजनीतिक शक्ति–व्यक्तिहरूविरूद्ध अनर्गल आरोपहरूको वर्षा गरे ।

भिडियोमा हेर्नोस् प्रधानमन्त्रीका रुपमा खड्ग ओलीको अन्तिम सम्बोधन–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर