newskoseli.Com

‘सर्वोच्चको फैसला सकारात्मक तर यो नै समाधान होइन’ : क्रान्तिकारी माओवादी

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले प्रतिनिधिसभा विघटन खारेज गर्नेगरी सोमबार सर्वोच्च अदालतले गरेको फैसला ‘सकारात्मक’ भएको जनाएको छ । सो पार्टीका प्रवक्ता हरिभक्त कँडेल ‘प्रतीक’ ले मंगलबार विज्ञप्ति जारी गरेर फैसलाप्रति पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।

‘सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरिएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता, निरङ्कुशता र अहङ्कारवादमाथि यस फैसलाले अङ्कुश लगाउने काम गरेको छ । यस अर्थमा सर्वोच्चको यो फैसला सकारात्मक रहेको छ ।’

समग्र संसदीय राजनीतिक व्यवस्थामै पैदा भएका गम्भीर प्रकृतिका सङ्कटको सन्दर्भमा यो पुनस्र्थापना राजनीतिक समाधान भने नभएको माओवादीको भनाइ छ । ‘परन्तु वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थामा पैदा हुँदै आएका गम्भीर प्रकृतिका सङ्कटको समाधान प्रतिनिधिसभाको पुनर्स्थापनाद्वारा हुन सक्दैन,’ नेता प्रतीकले विज्ञप्तिमा लेखेका छन्– ‘यहाँ प्रश्न कुनै व्यक्तिविशेषका गल्ती–कमजोरी वा दोषको मात्र होइन, अपितु समग्र सत्ता र व्यवस्थाकै हो । तसर्थ, हाम्रो पार्टी वर्तमान राजनीतिक सङ्कट र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधानका लागि वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापनाका लागि संयुक्त सङ्घर्ष अपरिहार्य भएको ठान्दछ र त्यस निम्ति सबै सच्चा देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुप्रति पुनः विशेष आग्रह गर्दछ ।’

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर