newskoseli.Com

देउवा–नेपाल भेटवार्ता : एमाले विभाजनको ‘तारतम्य’ मिलाउन छलफल !

एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न बुधबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवा कोटेश्वरस्थित नेपाल निवास पुगे । बालुवाटारबाट निष्काशनमा परेपछि निवर्तमान प्रधानमन्त्री खड्ग ओली बालकोट पुगेर बुधबारै ‘माधव नेपाललाई अब एमालेमा कुनै स्थान नभएको’ ध्वाँस दिइरहेकै बेला देउवा–ओलीबीच अर्थपूर्ण भेटवार्ता भएको छ ।

समाचार स्रोतहरूले जनाएअनुसार प्रधानमन्त्री पदबाट अपमानजनक रूपले अपदस्थ भएपछि लगभग विक्षिप्त स्थितिमा पुगेका ओलीले पार्टी एकता कायम राख्ने कुनै पनि सहमति–सम्झौता कार्यान्वयन नगर्ने निश्चित छ । यो सन्दर्भमा एमाले सांसद् तथा नेताहरूलाई राजनीतिक–संगठनात्मक निकास दिलाउन र प्रतिनिधिसभाको रक्षा गर्दै बाँकी कार्यकाल सरकार टिकाउन राजनीतिक दलसम्बन्धी ऐनमा संशोधनको आवश्यकता छ । ‘एमाले विवादमा सरकारका तर्फबाट गर्न सकिने सहजीकरण के हुन सक्छ त?’ भन्दै प्रधानमन्त्री देउवाले उक्त ऐन संशोधनबारे नेपालसँग छलफल गरेको स्रोतको भनाइ छ ।

अर्कातिर प्रधानमन्त्री देउवालाई पनि प्रतिनिधिसभाबाट विश्वासको मत लिन एमाले नेपाल पक्षको आवश्यकता छ । विगतमा झैं अब पनि प्रतिनिधिसभा बचाउन नेपालले साथ दिने देउवाको विश्वास छ । यसैकारण पार्टी केन्द्रीय कमिटी र संसदीय दलमा नेपाल पक्षको जति–जति प्रतिशत छ, सोही आधारमा वैधानिक हिसाबले दलविभाजन गर्न मिल्ने गरी दलसम्बन्धी ऐनको संशोधन विधेयक संसदमा प्रस्तुत गर्ने र ‘फास्ट ट्रयाक’ बाट पारित गराउनेबारे देउवा–नेपालबीच छलफल भएको स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्–
‘माधव नेपाललाई अब एमालेमा ठाउँ छैन’ : खड्ग ओलीको ‘घोषणा’ !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर