newskoseli.Com

ट्र्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

दाङ, २ वैशाख ।

तुलसीपुर नगरपालिका वडा नं १ को राम्रीमा लु २ त २५५८ नंको ट्र्याक्टर गएराति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक प्रकाश शर्माले दिनुभएको जानकारीअनुसार मृत्यु हुनेमा दुईजना युवा रहेका तर उनीहरुको अझै सनाखत हुन सकेको छैन ।

ट्र्याक्टर सडकबाट करिब २०० मिटर तल खसेको छ । सोही ठाउँमा दुईजनाको शव भेटिएपछि ट्र्याक्टरका चालक र सहचालक हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

गएराति करिब ११ बजे रोल्पाको लिवाङ्बाट तुलसीपुरतर्फ आउँदै गरेको सो ट्र्याक्टर राम्रीको मोडमा दुर्घटना भएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर