newskoseli.Com

विप्लवले भेटे प्रचण्ड, माधव र बाबुरामलाई : केको हुँदैछ तयारी ?

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ ले तीन दिनमा तीन शीर्ष नेताहरुसँग भेटवार्ता गरिसकेका छन् । बुधबार, बिहीबार र शुक्रबार उनले तीन दलका तीन शीर्ष नेताहरूसँग भेटवार्ता गरेका हुन् ।

वर्तमान राजनीतिक प्रणाली र संविधान समेतलाई पूर्णतः अस्वीकार गरेर केही समय विद्रोहात्मक राजजनीतिमा समेत अघि बढेका विप्लवले वर्तमान संविधानका प्रमुख संरचनाकार एवं प्रयोगकर्ता शीर्ष नेताहरुसँग श्रृंखलाबद्धरुपले गरेको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

शुक्रबार बिहान विप्लवले उनकै पार्टीका अर्का शीर्ष नेता धर्मेन्द्र बास्तोलासहित निवासमै पुगेर जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरे ।

यसअघि विप्लवले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनको खुमलटारस्थित निवासमै पुगेर भेटवार्ता गरे । त्यसपछि बिहीबार कोटेश्वरस्थित निवासमै पुगेर एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरे ।

श्रृंखलाबद्ध यी भेटवार्ताका क्रममा विप्लवले पूर्ववत् खड्ग ओली सरकारले आफूहरूसँग गरेको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा चासो राख्दै छलफल गरेको खबर बाहिर सम्प्रेषित गरिएको छ । तर, भित्रीरूपमा भने ‘समाजवादी’ साझा कार्यक्रम बनाएर त्यसप्रति सहमत हुने सबै पक्षबीच पार्टी एकता र संयुक्त मोर्चाको गठनसम्बन्धमा छलफल भएको बुझिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर