newskoseli.Com

‘सरकारमा जान्छौं, एकता हुँदै गर्छ’ : माधव नेपालको प्रष्टोक्ति; माओवादीबाट को–को ?

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पाँचदलीय गठबन्धनलाई निरन्तरता दिँदै आफ्नो पक्ष समेत सरकारमा सहभागी हुने प्रष्ट्याएका छन् । मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको भेटमा नेपालले यसबारे स्पष्ट पारेका हुन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा मंगलबार बसेको स्थायी कमिटीको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपाल स्वयंले नै आफूहरू सरकारमा सहभागी हुने बताएको जानकारी दिएका छन् । वरिष्ठ नेता नेपाल पक्षको भागमा एकजना प्रदेश प्रमुख र एकजना योजना आयोग सदस्य पनि छुट्याइएको प्रचण्डले आफ्नो पार्टीको बैठकमा बताए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेश प्रमुख फेर्ने तयारी गरिरहेका बेला प्रचण्डले नेपाललाई भेटेका थिए । ‘माधवजीले पार्टीमा एकताको कुरा चलिरहन्छ तर हामी सरकारमा सहभागी हुन्छौं भन्नुभएको छ,’ बैठकलाई सम्बोधन गर्ने क्रममा माधव नेपाललाई उद्धृत गर्दै अध्यक्ष प्रचण्डले भने– ‘प्रदेश प्रमुख र योजना आयोगका सदस्यको पनि हामी नाम दिन्छौं, सरकारमा सहभागिताबारे साथीहरुसँग सल्लाह भइरहेको छ ।’

यसैबीच, माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले आफ्नो भागमा परेको प्रदेश प्रमुखसहितका पदमा पठाउने व्यक्ति र मन्त्रिपरिषदमा सहभागी हुने पात्रबारे छलफल गरेको छ । माओवादीले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय लिएको छ । प्रदेश– २ को प्रमुखबाट हटाइएका तिलक परियारलाई पनि फेरि नियुक्त गर्न माओवादी केन्द्रले सिफारिस गरेको छ । मन्त्रिपरिषदमा पठाइने व्यक्तिहरूबारे भने बुधबार मात्रै निर्णयमा पुग्ने माओवादी केन्द्रको तयारी छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर