newskoseli.Com

अर्थमन्त्रीले जारी गरे ‘श्वेतपत्र’ : ‘अध्यादेश बजेट’ खारेज, नयाँ ल्याउने घोषणा (पूर्णपाठ)

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारका अर्थमन्त्री जदार्दन शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थासम्बन्धमा ‘श्वेतपत्र’ जारी गरेका छन् । अर्थमन्त्री शर्माले मंगलबार संघीय संसदमा ‘आर्थिक श्वेतपत्र’ जारी गरेका हुन् ।

श्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्माले २०७४ मा तत्कालीन सरकारले आर्थिक श्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६–७७ मा २ खर्ब १६ मा पुगेको स्मरण गराएका छन् । ‘आर्थिक वर्ष २०७७–७८ सम्म बचत हुन सक्ने देखिएको ७३ अर्बलाई सञ्चित घाटापूर्तिमा लगाउने हो भने पनि १ खर्ब ४३ अर्बले सञ्चित कोष घाटामा रहेको देखिएको छ’– अर्थमन्त्री शर्माले श्वेतपत्रमा उल्लेख गरेका छन् ।

पूर्ववर्ती खड्ग ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत ल्याएको बजेट खारेज गरी संसदमार्फत प्रस्तुत गरेर पास गराइने गरी नयाँ बजेट ल्याउने समेत अर्थमन्त्री शर्माले घोषणा गरेका छन् ।

यस्तो छ श्वेतपत्रको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर