newskoseli.Com

अष्टलक्ष्मीको ‘यु–टर्न’ : ‘कट्टर विरोधी’ बाट एकाएक ‘संस्थापनकै’ मुख्यमन्त्री !

वागमती प्रदेशको नेतृत्वमा एकाएक हेरफेर भएको छ र एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त भएकी छन् । संविधानको धारा १६८ को १ अनुसार बहुमतको आधारमा शाक्यलाई बुधबार साँझ प्रदेशप्रमुख विष्णुप्रसाद कोइरालाले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमालेभित्रको विद्रोही पक्ष झलनाथ खनाल–माधवकुमार नेपाल पक्षकी ‘दरिलो नेता’ शाक्यले पार्टी विभाजनको अन्तिम समयमा नेपालको साथ ‘छाडेकी’ हुन् । बुधबार दिउँसो बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले दलको नेताबाट राजीनामा दिए । पौडेलको राजीनालगत्तै सर्वसम्मतरूपले शाक्यलाई दलको नेता चयन गरियो ।

त्यसपछि पौडेलले बुधबारै मुख्यमन्त्री पदबाट राजीनामा दिए । पौडेलको राजीनामापछि शाक्य मुख्यमन्त्री बनेकी छन् । राति नै सपथग्रहण गरेर शाक्यले तीन सदस्यीय मन्त्रिमण्डल समेत गठन गरिसकेको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर