newskoseli.Com

माधवलाई ‘धोका’ दिएका ९ नेतालाई ओलीले भने ‘पिलोका खिल’ : ओली न नेपाल, कतै नमिल्ने ‘एकतावादीहरु’ को निर्णय (विज्ञप्तिसहित)

तत्कालीन नेकपा हुँदै पुनर्जीवित एमाले विभाजन हुँदासम्म अध्यक्ष खड्ग ओलीको तीव्र आलोचना गर्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपाल नेतृत्वको ‘विद्रोही’ समूहको अगुवाइ गरेका स्थायी कमिटीका ९ नेताले ‘तेस्रो धार’ जन्माउने संकेत गरेका छन् ।

अन्ततः एमाले विभाजित भई माधवकुमार नेपालको अध्यक्षतामा नेकपा एमाले (समाजवादी) गठन हुँदा र नयाँ दल दर्ताको निवेदन लिएर नेपाल पक्ष निर्वाचन आयोगमा पुग्दा भने विगतदेखि सोही पक्षमा चर्को वकालत गर्दै आइरहेका स्थायी कमिटीका ९ नेता एकाएक ‘ब्याक’ भए । नेपाल–खनालाई उनीहरूले नराम्ररी ‘धोका’ दिएको र आफ्नै राजनीतिक भविष्य समेत धरापमा पारेको रूपमा समेत अर्थ्याइँदै छ ।

नेपाल नेतृत्वको पार्टीमा ‘संस्थापक’ बन्ने अवसर गुमाए तापनि उनीहरू ओली पक्षमा लागिहाल्ने सम्भावना भने देखिँदैन । बरू यिनै ९ नेतातर्फ संकेत गर्दै एमाले अध्यक्ष खड्ग ओलीले ‘पिलो निचोरिएको तर खिल अझै बाँकी रहेको’ बताएका छन् । ‘पिलो फुटिसकेको भए तापनि खिलले अझै कति दुःख दिने हो, ठेगान छैन’ भन्दै ओलीले उनीहरूलाई समेत ‘एमालेमा ठाउँ नरहेको’ जनाउ दिइसकेका छन् ।

‘पार्टीमा चाहिने–नचाहिने काम गर्ने, आफ्नै पार्टीको सरकारविरुद्ध लागेर विपक्षलाई सघाउने काम गरे । उनीहरु सबै जान्छन् भन्ठानेको त केही अझै बाँकी रहने पो भए,’ आफूनिकट केही नेताहरुसँगको भेटमा बिहीबार बिहान ओलीले भनेका थिए– ‘‘सबै पिलो निचोरियो भन्ठानेको अझै खिल बाँकी रहने भयो, कति दुस्ख दिने हुन् अझै ! बाँकी रहेका पनि उतै गैदिए हुन्थ्यो ।’

उता, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्त गरी ९ नेताले भने बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको दावी गरेका छन् । ओली–नेपाल दुवैले ‘सच्चिएर’ १० बुँदेलाई अक्षरसः पालना गरी पार्टी एकता जोगाउनुपर्ने उनीहरूको जिकिर छ ।

यस्तो छ नेपाललाई ‘धोका’ दिने ९ नेताको विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर