newskoseli.Com

एकीकृत समाजवादीका १८ पदाधिकारी को–को ? [केन्द्रीय कमिटीका निर्णयसहित]

नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय पदाधिकारी चयन गरेको छ । सो पार्टीले बिहीबार १ अध्यक्ष, १ वरिष्ठ नेताा, १ नेता, ७ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ४ सचिव चयन सहितको १८ सदस्यीय पदाधिकारी टिम गठन गरेको छ ।

अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता मुकुन्द न्यौपाने, उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् । त्यसैगरी, महासचिवमा डा. बेदुराम भुसाल उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधर र डा. विजय पौडेल चयन भएक छन् । सचिवहरुमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री चयन भएका छन् ।

तीन दिनदेखि चलेको केन्द्रीय कमिटीको बैठककै बीचमा बिहीबार बिहान बसेको सचिवालयकाे बैठकले सहमतिका साथ तयार पारी प्रस्तुत गरेको पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय समितिका पूर्ण तथा वैकल्पिक सदस्यहरूसम्बन्धी प्रस्ताव बिहीबारै अपराह्न बसेको केन्द्रीय कमिटीले पास गरेसँगै जारी बैठक समापन भएको छ । एकीकृत समाजवादीले ३५ सदस्यीय स्थायी कमिटी तथा ७१ सदस्यीय पोलिटब्युरो३०१ सदस्यीय केन्द्रीय कमिटीको संख्या एवं पात्र समेत निर्धारण गरेको छ ।

यो पनि पढ्नुहोस्–
एकीकृत समाजवादी : डा. बेदुराम महासचिव, १५१ केन्द्रीय सदस्य, ५१ पोलिटब्युरो र १७ पदाधिकारी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर