newskoseli.Com

एकीकृत समाजवादी : डा. बेदुराम महासचिव, १५१ केन्द्रीय सदस्य, ५१ पोलिटब्युरो र १७ पदाधिकारी

केही अघि मात्र एमालेमा विद्रोह गरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय संरचनालाई पूर्णता दिएको छ । सो पार्टीको विधानअनुसार ११५ पूर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय केन्द्रीय कमिटी, ५१ सदस्यीय पोलिटब्युरो र १७ सदस्यीय पदाधिकारीको संरचनाले लगभग पूर्णता पाएको छ ।

१७ पदाधिकारीमध्ये अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा डा. बेदुराम भुसाल रहने सहमति भइसकेको छ । अब ७ उपाध्यक्ष, २ उपमहासचिव र ७ सचिवबारे टुंगो लाग्न बाँकी छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा डा. भुसाललाई महासचिव बनाउने सहमति जुटेको हो ।

‘डा. भुसाललाई महासचिव चयन गर्ने सहमति सचिवालय बैठकमा जुटेको छ, केही बेरमा बस्ने केन्द्रीय कमिटीको बैठकमा सचिवालयको सहमतिलाई प्रस्तावका रुपमा पेस गरेर महासचिव घोषणा गरिन्छ’– सो पार्टीका एक नेताले बताए । डा. भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, विजय पौडेललगायत पनि महासचिवका आकांक्षी थिए ।

यो पनि पढ्नुहोस्–
रामकुमारी बनिन् केन्द्रीय सचिव : एकीकृत समाजवादीका १७ पदाधिकारीमा को–को ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर