newskoseli.Com

‘मिचे’ चोलेन्द्रले : सबै मुद्दाको पेसी, प्रधानन्यायाधीशको समेत इजलास !

सर्वोच्च अदालतमा ‘आन्दोलनरत’ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहेकका सबै न्यायाधीश र नेपाल बारले जबराको राजीनामा माग्दै उनी पदमा बहाल रहेसम्म बन्दी प्रत्यक्षीकरणबाहेक कुनै पनि मुद्धाको पेसी नतोक्न र प्रधानन्यायाधीश जबरा बेन्चमा नबस्न ‘सिरियस अपिल’ गरिरहेकै बेला ती सबैलाई ‘मिच्दै’ जबराले भने मंगलबार बन्दी प्रत्यक्षीकरण बाहेकका अरू सबै मुद्दा समेतको पेसी तोकेका छन् ।

यसअघि असन्तुष्ट न्यायाधीशसँग भएको छलफलका आधारमा जबराले बन्दी प्रत्यक्षीकरणका रिट मात्रै पेसीमा राख्ने गरेका थिए । तर, मंगलबारका लागि भने उनले अन्य मुद्दा समेत पेसीमा चढाएका छन् । प्रधानन्यायाधीश जबराले मंगलबारका लागि आफूलाई समेत एकल इजलासमा पेसी तोकेका छन् ।

प्रधानन्यायाधीश जबराले मानव बेचविखन तथा ओसारपसार, जवर्जस्ती करणी, लागूऔषध, कर्तव्य ज्यान, वैदेशिक रोजगार कसुर, सवारी ज्यानलगायतका मुद्दा आफ्नो एकल इजलासमा राखेका छन् । मंगलबारका लागि पेसी तोक्दै १० वटा इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले आफूलाई मात्रै एकल इजलास तोकेका छन्, अरू न्यायाधीशहरूलाई भने संयुक्त इजलासमा पेसी तोकेका छन् ।

प्रधानन्यायाधीश जबराको यो ‘कदम’ ले प्रधानन्यायाधीश र सर्वोच्च अदालतका अरू न्यायाधीश तथा बार एशोसियसनबीचको द्वन्द्व अझ चर्कने र सर्वोच्चको गत्यावरोध झन् जटिल बन्ने देखिएको छ ।

यो पनि पढ्नुहोस्–
बारको नजरमा चोलेन्द्रशमशेरका ९ ‘बदमासी’ !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर