newskoseli.Com

एमालेमा कसले पाए कति मत ? पदाधिकारीमा ओलीकै टिम विजयी, ‘बागी’ सबै पराजित

चितवनको सौराहामा एमालेको दसौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । मंगलबार बिहान सबेरै भएको निर्वाचनको परिणाम अपराह्न सार्वजनिक हुँदा अध्यक्ष पदमा निवर्तमान अध्यक्ष खड्ग ओली ठूलो मतान्तरसहित निर्वाचित भएका छन् ।

महाधिवेशनमा सहभागी २ हजार १ सय ५३ प्रतिनिधिहरुमध्येबाट २ हजार ९६ मत खसेको थियो । प्रतिस्पर्धी भीमबहादुर रावलले २२३ मत मात्र पाउँदा ओलीले भने १८०८ मत प्राप्त गरेका छन् ।

मतपरिणामअनुसार १९ जना सबै पदाधिकारीमा ओलीद्वारा प्रस्तावित व्यक्तिहरू नै विजयी भएका छन् । ओलीको सूचीभन्दा बाहिरबाट उपाध्यक्षमा उम्मेदवारी दिएका निवर्तमान उपमहासचिव घनश्याम भुसाल तथा सचिवमा उम्मेदवारी दिएका भीमप्रसाद आचार्य र टंक कार्की पराजित भएका छन् ।

उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्य सबैभन्दा धेरै १९७६ तथा सुरेन्द्र पाण्डे १९२५, सुवासचन्द्र नेम्बाङ १८६५, विष्णुप्रसाद पौडेल १८५६, युवराज ज्ञवाली १८४२ र रामबहादुर थापा १७६८ मत पाएर विजयी भएकी छन् । सोही पदमा प्रतिस्पर्धा गरेका र अध्यक्ष खड्ग ओलीको सूचीमा समावेश नभएका घनश्याम भुसाल ७२५ मत पाएर पराजित भएका छन् ।

त्यसैगरी, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्‍मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ सचिव पदमा निर्वाचित भएका छन् । गोकर्ण सबैभन्दा बढी १९७६ तथा योगेश १९६४, छविलाल र पद्‍मा १८००–१८००, लेखराज १७०४, टोपबहादुर १७०० र रघुवीर १५१३ मत पाएर विजयी भएका छन् ।

खड्ग ओलीद्वारा प्रस्तावित टिमभन्दा बाहिरबाट उम्मेदवारी दिएका भीम आचार्य १३०० र टंक कार्की ५०० मत मात्र पाएर पराजित भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर