newskoseli.Com

कसैले जितेनन् कांग्रेसको सभापति : नेतृत्वको फैसला दोस्रो चरणको चुनावबाट

देउवाले २२५८, शेखरले १७२९, प्रकाशमानले ३७१, विमलेन्द्रले २४९ र कल्याणले पाए २० मत

नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत सोमबार भएको चुनावबाट सो पार्टीको सभापति पदमा कुनै पनि उम्मेदवार विजयी हुन सकेनन् । सबैभन्दा बढी मत पाएका शेरबहादुर देउवालाई ८२ मत पुगेन भने निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई ६११ मत पुगेन ।

सोमबार राति अबेरसम्म भएको चुनावमा सभापति पदका लागि ४६७९ मत खसेको थियो । यो मतअनुसार निर्वाचित हुनका निम्ति २३४० मत आवश्यक थियो । तर, राति नै सुरू भएको मतगणना मंगलबार बिहान सकिँदा देउवाले २२५८ मत पाए, उनलाई ८२ मत पुगेन । देउवाका निकटतम प्रतिस्पर्धी शेखरले भने १७४९ मत मात्र पाए, उनलाई ५९१ मत पुगेन ।

कांग्रेसको सभापति पदका निम्ति हुने दोस्रो चरणको निर्वाचनमा अब देउवा र कोइरालाबीच मात्र प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थान हासिल गरेका प्रकाशमान सिंह, चौथो स्थानमा खुम्चिएका विमलेन्द्र निधि एवं पाँचौं स्थान ग्रहण गरेका कल्याण गुरुङ भने सभापतिको दौडबाटै बाहिरिन पुगेका छन् ।

सिंहले ३७१, निधिले २४९ र गुरूङले २० मत मात्र प्राप्त गरेका छन् । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन मंगलबार नै हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर