newskoseli.Com

कांग्रेस महाधिवेशन : सभापति देउवा, उपसभापति पूर्णबहादुर र धनराज, महामन्त्री विश्वप्रकाश र गगन

नेपाली कांग्रेसको चौधौं महाधिवेशन सकिएको छ । महाधिवेशनमा भएको मतगणना बाँकी नै रहे तापनि बिहीबार अपराह्नसम्म सभापति, दुई उपसभापति र दुई महामन्त्री पदको परिणाम घोषणा भइसकेको छ ।

पहिलो चरणको मतदानबाट अग्रता हासिल गरे तापनि पार्टीको विधानवमोजिम ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेका शेरबहादुर देउवा दोस्रो चरणको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सभापति पदमा विजयी भएका छन् । बिहीबार बिहान सबेरै घोषित मतपरिणामअनुसार उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी भएका छन् । त्यसैगरी, बिहीबार अपराह्न घोषित मतपरिणामअनुसार महामन्त्री पदमा युवानेताहरू विश्वप्रकाश शर्मा र गगनकुमार थापा विजयी भएका छन् ।

सभापति पदमा देउवा निर्वाचित भए तापनि उपसभापति र महामन्त्री पदमा भने उनको प्यानलका उम्मेदवार विजयी हुन सकेनन् । यसबाट कांग्रेसमा मिश्रित परिणाम आएको देखिएको छ । कांग्रेसमा अब नयाँ ऊर्जा थपिएको र मजबुत एकता कायम भएको दावी निर्वाचित पदाधिकारीहरुले गर्न थालेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर