newskoseli.Com

एमसीसीविरुद्ध ६ कम्युनिस्ट घटक र २ मोर्चा देशव्यापी विरोधमा

नेपाली जनताले व्यापक विरोध गरिरहेको अमेरिकी सहयोग नियोग एमसीसीलाई कुनै न कुनै हिसाबले संसदबाट अनुमोदन गराउन कांग्रेस–एमालेलेलगायतले गरिरहेको अधिकतम प्रयासका विरूद्ध नेपालका ६ वटा कम्युनिस्ट घटकहरू र २ वटा क्रान्तिकारी मोर्चाहरूले देशव्यापी संघर्ष अघि बढाएका छन् ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), सीपी मैनाली नेतृत्वको नेकपा (माले), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले एमसीसीविरुद्ध पुस ६ गते राजधानी काठमाडौंसहित देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने भएका छन् । सो अभियानमा सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपाल समेत सहभागी भएका छन् ।

६ पार्टी र २ मोर्चाको आह्वानमा मंगलबार (पुस ६ गते) दिउँसो ११ बजे राजधानीको माइतीघर मण्डलामा प्रदर्शनकारीहरु जम्मा हुने, १२ बजे जुलुस सुरु हुने र १ बजे बानेश्वरमा विरोधसभा हुने जानकारी विप्लव नेकपाका नेता चिरन पुनले दिएका छन् । उक्त कार्यक्रममा यथास्थितिमै एमसीसी पास गर्नु हुँदैन भनी मत राख्ने जुनसुकै दलका समर्थक र कार्यकर्ताहरू समेत सहभागी हुने भएका छन् ।

यस्तो छ ६ दल र २ मोर्चाको संयुक्त विज्ञप्ति–

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर