newskoseli.Com

रातो किताब माग्दै कांग्रेसद्वारा संसद अवरुद्ध

रातो किताब माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध पारेको छ । अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा रातो किताब भाग– १ उपलब्ध गराउने बताएका थिए । तर, शनिबारको संसदको बैठक बस्दा समेत रातो किताब नआएपछि विपक्षी कांग्रेसका सांसदहरुले विरोध गरेका हुन् ।

सभामुख ओनसरी घर्ती मगरले किताब उपलब्ध भएको तर प्राविधिक कारणले वितरण गर्न नसकेको बताए पनि कांग्रेसका सांसदहरुले नमान्दा बैठक अबरुद्ध भएको हो । कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले कि किताब उपलब्ध गराउनुपर्ने नभए अर्थमन्त्रीले आफ्नो बोली फिर्ता लिनुपर्ने बताए । कांग्रेसको अवरोधका कारण सभामुख घर्तीले बैठक केही समयका लागि स्थगित गरेकी छन् ।

यसअघि, बैठकको प्रारम्भमा मधेसी मोर्चाका लक्ष्मणलाल कर्णले लामो समयदेखि मधेसमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्न सरकार र सदनले पनि कुनै चासो नराखेको गुनासो गरे । सदनको बैठकको कार्यसूचीमा समेत आफूहरुका लागि समय छुट्याइएको नदेखिएको बताउँदै उनले आफूहरु वार्ताको विरोधी नभएको बताए ।

आन्दोलनमा रहेका आफ्ना केन्द्रीय नेतादेखि स्थानीय कार्यकर्तालाई आस्थाका आधारमा थुनिएको बताउँदै सांसद कर्णले आफूहरुलाई संसदमा बस्ने चाहना हुँदाहुँदै पनि मधेसी, आदिवासी–जनजातिको माग सम्बोधन नगरेसम्म त्यो सम्भव नरहेको प्रतिक्रिया दिए । आन्दोलनरत दलले उठाएका मागलाई सम्बोधन गर्न चासो नदेखाएसम्म संसदको बैठक बहिस्कार गर्ने भन्दै मोर्चाले शनिबार पनि बैठक बहिस्कार गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर