newskoseli.Com

प्रचण्डले फोन गर्दा ओलीको जवाफ : ‘झापामा छु, शंकरजीलाई पठाउँछु’

आइतबारदेखि राष्ट्रिय सम्मेलन गर्ने गरी अन्तिम तयारी गरिसकेको नेकपा (माओवादी केन्द्र) ले शनिबार साँझ अकस्मात सम्मेलनको कार्यक्रम परिवर्तन गरेर आठौं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । सम्मेलनमा कसैलाई पनि अतिथि नबोलाउने तयारीमा रहेको माओवादी केन्द्रले महाधिवेशन नै हुने भएपछि भने ११ वटा राजनीतिक दलहरूलाई आतिथ्यताका निम्ति निम्तो दिएको छ ।

दलका शीर्ष नेताहरूलाई आमन्त्रण गर्ने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीलाई भने माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले फोन गरेर महाधिवेशनको उदघाटन शत्रमा आतिथ्यताका निम्ति अनुरोध गरेका छन् ।

प्रचण्डले फोन गरेर महाधिवेशनमा निम्ता गर्दा ओलीले भने आफू झापामा भएकाले कार्यक्रममा उपस्थित हुन असमर्थ रहेको जवाफ दिएका छन् । आफू आउन नसके तापनि माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुन पार्टी महासचिव शंकर पोखरेललाई पठाउने जवाफ ओलीले दिएको जानकारी प्रचण्डको सचिवालयसम्बद्ध एक कार्यकर्ताले दिएका छन् ।

यसअघि सम्मन्न एमालेको महाधिवेशनमा पनि माओवादी केन्द्रलाई निम्ता दिइएको थियो । एमाले महाधिवेशनमा पनि अध्यक्ष प्रचण्ड सहभागी हुन सकेका थिएनन् र स्थायी समिति सदस्य लीलामणि पोखरेलले सहभागिता जनाएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर