newskoseli.Com

संविधान कार्यान्वयन गर्न सहमतीय सरकार : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले  राष्ट्रिय सहमतिको सरकार बने मात्रै संविधान कार्यान्वयन गर्न सहज हुने बताएका छन् ।

रामेछापको मन्थलीमा शनिबार कार्यकर्तासँगको भेटघाट कार्यक्रममा दाहालले मुलुकमा अब सर्वदलीय सरकारको आवश्यकता भएको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले सरकार बनाउने र गिराउनेभन्दा पनि राष्ट्रिय एकता कायम गरेर संविधान कार्यान्वयन गराउने कुरामा सबै लाग्नुपर्नेमा जोड दिए ।

संविधानप्रति मधेसी, थारुलगायत अन्य समुदायले राख्दै आएका असन्तुष्टि र उनीहरुको माग पूरा गर्न राष्ट्रिय सहमतिको विकल्प नभएको उनको धारणा छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर