newskoseli.Com

अबदेखि दैनिक २ घन्टा मात्रै लोडसेडिङ ?

उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बर्खाको समयमा दैनिक दुई घन्टाभन्दा बढी लोडसेडिङ नहुने दावी गरेका छन् । मंसिर महिनादेखि लोडसेडिङ ५ देखि ६ घन्टाभन्दा नबढ्ने बताउँदै उनले भने– ‘यो वर्ष हाइड्रोपावरबाट १ सय २५ मेघावाटभन्दा बढी बिजुली उत्पादन हुने देखिँदैन । त्यसैले हामीले लोडसेडिङ न्यून गर्न विकल्पका लागि सोलार, विन्डपावर र थर्मल प्लान्टको विषयमा छलफल अघि बढाएका छौँ ।’

रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको सात्क्षात्कारमा उपप्रधानमन्त्री रायमाझीले २ वर्षमा लोडसेडिङ अन्त्य गर्नेगरी आफ्नो नेतृत्वमा दसाैं वर्षदेखि अड्किएर रहेको ढल्केबर–मुर्जफरफुर प्रसारण लाइन निर्माण सम्पन्न भएको, ढल्केबर–खिम्ती र ढल्केबर–हेटौंडा प्रसारण लाइनको काम तीब्र रुपमा अघि बढेको र विद्युत् चुहावट नियन्त्रणका लागि समेत संयन्त्र अघि बढाइएकाले केही समयमा नतिजा आउने दावी गरे ।

नाम मात्रैका सहकारी मालिक स्वार्थका लागि अान्दाेलनमा

सोही कार्यक्रममा उपप्रधान एवम् सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले आफू पैसामा नबिक्ने भएकाले आफ्नो स्वार्थ अनुकूल काम गराउन नसकेका सहकारी सञ्चालक आन्दोलनमा उत्रिएको दाबी गरे ।

उनले अहिलेका सहकारी संस्था नामका मात्रै सहकारी रहेका बताए । मन्त्री केसीले सहकारी बोर्ड, विज्ञ र कर्मचारीको छलफलको आधारमा ऐन बनाएर अघि बढाइएको भन्दै अब कसैको विरोधको भरमा यो प्रक्रिया नरोकिने स्पष्ट पारे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर