newskoseli.Com

राष्ट्रियसभा निर्वाचनमा कुन–कुन दलबाट को–को उम्मेदवार ? (सूचीसहित)

आसन्न राष्ट्रियसभा निर्वाचनका लागि सत्ताधारी गठबन्धन र विपक्षी एमालेले आ–आफ्ना उम्मेदवार टुंगो लगाएका छन् । १९ सिटका लागि १२ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि सत्तापक्षीय गठबन्धनका पाँच दलबीच सिट बाँडफाँट भएको छ ।

सहमतिअनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५–५, जसपाले २ र राष्ट्रि जनमोर्चाले १ सिट पाउने भएका छन् । यो निर्वाचनका लागि उम्मेदवारी दर्ता भने २० पुसमा हुने निर्वाचन तालिका छ ।

कुन–कुन दलबाट को–को उम्मेदवार ?

नेपाली कांग्रेसबाट

प्रदेश– १ गोपाल बस्नेत
बागमती प्रदेश– कृष्णप्रसाद पौडेल
गण्डकी प्रदेश– कमला पन्त
लुम्बिनी प्रदेश– युवराज शर्मा
कर्णाली प्रदेश– दुर्गा पुन
सुदूरपश्चिम प्रदेश– नारायणदत्त मिश्र

नेकपा (माओवादी केन्द्र) बाट

प्रदेश– २ उर्मिला अर्याल
गण्डकी प्रदेश– सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित)
कर्णाली प्रदेश– नरबहादुर विष्ट (अपाङ्ग–अल्पसङ्ख्यक)
सुदूरपश्चिम प्रदेश– जगत पार्की (दलित)

नेकपा (एकीकृत समाजवादी) बाट

प्रदेश( १ जयन्ती राई (महिला)
बागमती प्रदेश– गोमा तिमल्सिना (महिला)
लुम्बिनी प्रदेश– राजेन्द्रलक्ष्मी गैरे (महिला)
कर्णाली प्रदेश– उदय बोहोरा (खुला)
सुदूरपश्चिम प्रदेश– मदनकुमारी (गरिमा) शाह (महिला)

को–को हुनु एमालेका १९ उम्मेदवार ?

प्रदेश– १ देवराज घिमिरे (झापा, खुलातर्फ), सुमित्रा भण्डारी (झापा, महिलातर्फ) र सोनाम ग्याल्जेन शेर्पा (सोलुखम्बु,अल्पसंख्यकतर्फ)
प्रदेश– २ असर्फी भिनवार यादव (धनुषा,खुलातर्फ) र बिना साह (रौतहट, महिलातर्फ)
बागमती प्रदेश– गोपाल शाक्य (ललितपुर, खुलातर्फ) र नीरकुमारी कुँवर (निरु दर्लामी, सिन्धुली, महिलातर्फ)
गण्डकी प्रदेश– पुण्यप्रसाद पौडेल (कास्की, खुलातर्फ), लीला पोखरेल थनेट (नवलपुर, महिलातर्फ) र गोविन्दबहादुर नेपाली (बाग्लुङ, दलिततर्फ)
लुम्बिनी प्रदेश– रामदयाल गुप्ता (दाङ, खुलातर्फ), भारती खनाल (बाँके, महिलातर्फ) र कृष्णबहादुर सुनार (गुल्मी, दलिततर्फ)
कर्णाली प्रदेश– चूडामणि शर्मा (सुर्खेत, खुलातर्फ), गंगा थापा महत (जुम्ला, महिलातर्फ) र पदमबहादुर माझी (दैलेख, अल्पसंख्यकतर्फ)
सुदूरपश्चिम प्रदेश– डिल्लीराज भट्ट (डोटी, खुलातर्फ), सन्तोषकुमारी शर्मा (कैलाली, महिलातर्फ) र नरेश विक (बैतडी, दलिततर्फ)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर