newskoseli.Com

१३२६४ को परीक्षण गर्दा ९४४ मा संक्रमण : फेरि उकालिँदै कोरोना ग्राफ ! (पूर्ण विवरणसहित पछिल्लाे अपडेट)

एक वर्षभन्दा लामो समयदेखि समग्र जनजीवनलाई नै अस्तव्यस्त पार्दै आएको कोरोनाभाइरस महामारीको ग्राफ उकालिँदै जान थालेको छ । यसअघि पहिलो र दोस्रो लहरले सताएका नेपालीलाई फेरि तेस्रो लहरको सन्त्रासले गाँज्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशभर ९४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार २ सय ६४ जनाको परीक्षण गर्दा उक्त संख्याका संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि संक्रमण पुष्टि भएकामध्ये पछिल्लो २४ घन्टामा २ सय ९७ जना निको भएको समेत मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणकै कारण पछिल्लो २४ घन्टामा कसैको मृत्यु भने नभएको मन्त्रालयको भनाइ छ । हालसम्म देशभर कूल ८ लाख ३१ हजार ७ सय ४८ जनाको पीसीआर र ९७ हजार ८९ जनाको एन्टिजेन विधिबाट गरी कूल ९ लाख २८ हजार ८ सय ३७ जनाको परीक्षण गरिसकिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म पुष्टि भएका ८ लाख २९ हजार ६ सय ८ जना संक्रमितमध्ये ८ लाख १८ हजार ६ जना निको भएको र ११ हजार ६ सय २ जनाको मृत्यु भएको तथ्यांक समेत मन्त्रालयले सार्वजनिक गरेको छ । यतिबेला देशभर ६ हजार १ सय ४० जना सक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर