newskoseli.Com

ह्वात्तै बढ्यो संक्रमण दर : आइतबारै ११६७ जनामा कोरोना पुष्टि

नेपालमा फेरि कोरोनाभाइसरको नयाँ लहर चल्ने संकेत देखापरेको छ । आइतबार मात्रै पनि देशभर ११६७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ६ सय ३२ जनाको नमूना परीक्षणमा यो संख्याका संक्रमितको पुष्टि हुँदा संक्रमणदर ९.३१ प्रतिशत पुगेको छ ।

आइतबार पुष्टि भएका संक्रमितमध्ये ६ सय १५ जना काठमाडौं उपत्यकाकै छन् । काठमाडौंमा ४ सय ९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको हो । आइतबारको विवरणअनुसार पीसीआर टेस्टबाट पुष्टि हुनेमध्ये औसतमा संक्रमणदर ९.५ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले जनाएकी छन् ।

यसअघि संक्रमण पुष्टि भएकामध्ये पछिल्लो २४ घन्टामा २ सय २४ जना निको भएका छन् भने २ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ६ हजार ७ सय ५५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर