
कोरोनाभाइरस महामारीको तेस्रो लहर भित्रने संकेत देखा परिरहेकै बेला आइतबार बसेको ‘कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र’ (सीसीएमसी) ले सोमबारदेखि नै लागू हुने गरी २५ जनाभन्दा बढी भेला हुन नदिने, १५ दिन विद्यालय बन्द गर्ने, सार्वजनिक सेवा प्राप्त गर्न माघ ७ देखि खोप कार्ड अनिवार्य गर्ने लगायतका कार्य गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूलाई सिफारिस गरेको छ ।