newskoseli.Com

उपत्यकामा ‘आंशिक लकडाउन’ सुरू : के–के गर्ने, के–के नगर्ने ? (प्रशासनको आदेशसहित)

स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा ‘आंशिक लकडाउन’ को आदेश जारी गरेको छ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गर्दै आदेश जारी गरेको हो ।

सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलरअनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी ‘स्मार्ट लकडाउन’ को कार्यविधिअनुसार आदेश जारी गरिएको ललितपुरका सीडीओ घनश्याम उपाध्यायले जनाएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको सूचनाअनुसार सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन–पानीले हात धुनेजस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख छ ।

भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने, माघ ७ देखि सार्वजनिक स्थलमा जाँदा खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय गर्नेलगायतका सीसीएमसीले यसअघि नै गरेका निर्णय प्रभावकारी रूपमा स्थानीय प्रशासनले लागू गराउने भएको छ ।

मंगलबार (२७ पुस) मध्यराति १२ बजेदेखि उपरोक्त आदेश काठमाडौं, ललितपुर र भक्तपुरका जिल्लाभर लागू गरिने भएको छ । कोरोना संक्रमण बढ्दै गएर नेपालमा तेस्रो लहर सिर्जना हुने सम्भावना देखिन थालेसँगै प्रशासनले यस्तो कदम चालेको हो ।

‘आंशिक लकडाउन’ गराउने जिप्रका काठमाडौंको यस्तो छ आदेश (पूर्णपाठ)–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर