newskoseli.Com

कोरोना अपडेटः शुक्रबार थपिए ५०८७ संक्रमित, ३ को मृत्यु, निको भए ३०६

नेपालमा कोरोनाभाइरस महामारीको तेस्रो लहर फैलँदै गर्दा आज (शुक्रबार) मात्र पनि थप ५ हजार ८७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा २०५६० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा यो संख्याका संक्रमितको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणकै कारण पछिल्लो २४ घन्टामा ३ जनाको मृत्यु भएको छ । यो विवरणसँगै कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या ११ हजार ६ सय १३ पुगेको मन्त्रालयले जनाएको छ ।

यसअघि संक्रमण पुष्टि भएकामध्ये शुक्रबार ३ सय ६ जना निको भएका छन् । यतिबेला देशभर गरी १८ हजार २३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर