newskoseli.Com

वैशाखमा स्थानीय चुनाव, बिहीबार घोषणा गर्ने : गठबन्धनको बालुवाटार बैठक

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने निष्कर्ष निकालेको छ । ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को बैठकमा सहभागी पाँच सत्ताघटक दलका नेताहरू संविधान र कानुनको व्यवस्था अनुसार समयसीमाभित्रै स्थानीय चुनाव गर्नुपर्नेमा एकमत भएका छन् ।

‘संविधानअनुसार समयमै चुनाव गर्न सबै दल सहमत भएको बुझियो, केही प्राविधिक विषय मिलाउन बिहीबार अर्को बैठक बस्ने निर्णय भएको छ’– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले सञ्चार माध्यमहरूलाई बताए । १२ माघमा हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनमा संयुक्त उम्मेदवारी दिएको गठबन्धनको बैठकले सो सम्बन्धमा समेत छलफल गरेको बुझिएको छ ।

राष्ट्रिय राजनीति र गम्भीर प्रकृतिका विभिन्न मामिलामा समन्वय समितिले बैठक बसेर निर्णय गर्दै गठबन्धनको मर्मअनुकूल सरकार सञ्चालनमा सहयोग गर्ने गरेको छ । कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांग्रेसबाट पौडेल र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेललगायत सदस्य छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर