newskoseli.Com

राष्ट्रियसभाका १९ सिटमा को–को विजयी ? (सूचीसहित)

राष्ट्रियसभामा चारवर्षे कार्यकाल पूरा गरेर बिदा हुने तयारीमा रहेका १९ सांसदको रिक्त हुन जाने स्थानहरूका लागि बुधबार (१२ माघमा) विभिन्न कलस्टर गरी देशव्यापी निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगले सो निर्वाचनको अन्तिम परिणाम समेत बुधबार साँझ नै औपचारिकरूपमै सार्वजनिक गरिसकेको छ ।

बिदा हुने १९ स्थानमध्ये एमालेका ८ सांसद् छन् । तर, बुधबारको निर्वाचनमार्फत एमालेले ७ स्थान गुमाएर कूल १९ मध्ये १ सिट मात्रै हात पारेको छ । अघिल्लो चुनावमा मुलुककै सबैभन्दा ठूलो दलका रूपमा जितेको एमालेका अध्यक्ष खड्ग ओलीका अनेकौं अपराधपूर्ण, अराजनीतिक, अनैतिक, संविधानविरोधी र व्यवस्थाविरोधी हर्कतहरूका कारण एमाले सत्ताको शिखरबाट यतिबेला सडकमा पछारिन पुगेको छ ।

ओलीको सोही दम्भी, चरम भ्रष्टाचारी, अयोग्य एवं असफल र राष्ट्रविरोधी एवं जनताविरोधी हर्कतकै परिणामस्वरूप बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा समेत एमालेले लज्जास्पद हार व्यहोरेको छ । सर्वत्र तानाशाही एवं निरंकुश व्यवहार गरेर ओलीले आफ्नै दल एमाले समेतलाई विभाजित गराइसकेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभा तथा सरकारजस्ता जनप्रतिनिधिमूलक संस्था एवं निकायहरुलाई राष्ट्र र जनताका एजेन्डामा छलफल एवं कामकाज गर्न नदिने, बैठकहरुमा नबस्ने–बस्न नदिने तर राज्यकोषबाट तलब र बैठक वापतको भत्ता र अरू अनेकौं सुविधा नियमित खाइरहनेजस्ता एमाले हर्कतहरुले अराजकता र अत्याचारको पराकाष्ठा नाघिरहेका छन् ।

एकै कार्यकालमा दुई–दुई पटक प्रतिनिधिसभा ‘विघटन’ गर्ने, पुनर्स्थापित संसद समेतलाई निरर्थक अत्तो थापेर बन्धक बनाउने ओली नेतृत्वको एमाले यतिबेला राष्ट्र र जनताका निम्ति निकै ठूलो बोझ र अभिशाप बनेको छ भन्ने तथ्यलाई राष्ट्रियसभाको यो चुनावले सावित गरिदिएको छ ।

यस्तो छ निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर