newskoseli.Com

कांग्रेसले गठन गर्‍यो ‘केन्द्रीय कार्यसम्पादन समिति’ (को–परे ? नामावलीसहित)

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको भर्चुअल बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका नामहरू अनुमोदन भएपछि कार्यसम्पादन समितिले औपचारिकता पाएको हो ।

केहीअघि सम्पन्न चौधौं महाधिवेशनपछि नेपाली कांग्रेसमा १३ जना केन्द्रीय पदाधिकारी छन्, ती सबै स्वतः कार्यसम्पादन समितिमा पर्ने कांग्रेसको वैधानिक व्यवस्था छ । विधानतः केन्द्रीय कार्यसम्पादन समितिमा रहने कोषाध्यक्ष र प्रवक्ता भने मनोनीत गर्न अझै बाँकी नै छ ।

यी हुन् केन्द्रीय कार्यसम्पादन समितिमा परेका नेताहरू

पदाधिकारमा रहेकाहरू

  1. सभापति– शेरबहादुर देउवा
  2. उपसभापति– पूर्णबहादुर खड्का
  3. उपसभापति– धनराज गुरूङ
  4. महामन्त्री– गगनकुमार थापा
  5. महामन्त्री– विश्वप्रकाश शर्मा
  6. सहमहामन्त्री– फरमुल्लाह मन्सुर
  7. सहमहामन्त्री– उमाकान्त चौधरी
  8. सहमहामन्त्री– महालक्ष्मी उपाध्याय ‘डिना’
  9. सहमहामन्त्री– भीष्मराज आङदेम्बे
  10. सहमहामन्त्री– महेन्द्र यादव
  11. सहमहामन्त्री– किशोरसिंह राठौर
  12. सहमहामन्त्री– बद्री पाण्डे
  13. सहमहामन्त्री– जीवन परियार

पदाधिकारीमा नरहेकाहरू

  1. रामचन्द्र पौडेल
  2. गोपालमान श्रेष्ठ
  3. प्रकाशमान सिंह
  4. विमलेन्द्र निधि
  5. विजयकुमार गच्छदार
  6. कृष्णप्रसाद सिटौला
  7. शशांक कोइराला
  8. चित्रलेखा यादव
  9. रामशरण महत
  10. अर्जुननरसिंह केसी
  11. प्रकाशशरण महत
  12. सुनिलबहादुर थापा
  13. शेखर कोइराला
  14. बलबहादुर केसी
  15. बालकृष्ण खाण
  16. ज्ञानेन्द्रबहादुर कार्की
  17. उमा रेग्मी
  18. रमेश रिजाल
  19. नारायण खड्का
  20. जिपछिरिङ लामा
  21. सुजाता कोइराला
  22. एनपी साउद
  23. जीवनबहादुर शाही
  24. आनन्दप्रसाद ढुंगाना

नेपाली कांग्रेसको विधानअनुसार ४५ सदस्यीय कार्यसम्पादन समिति गठन गर्न सकिने व्यवस्था छ । केन्द्रीय समितिको बैठक बस्न नसक्ने अवस्थामा विभिन्न विषयमा छलफल गरी कार्यसम्पादन समितिले निर्णय लिन सक्नेछ ।

पछिल्लो महाधिवेशनपछि कांग्रेसको केन्द्रीय समिति १६८ सदस्यीय हुने व्यवस्था छ । केन्द्रीय समितिको सदस्य संख्या धेरै भएकै कारण छिटोछरितो निर्णय लिने उद्धेश्यका साथ कांग्रेसले कार्यसम्पादन समिति गठन गरेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर