newskoseli.Com

‘जेठभित्रै स्थानीय तहको निर्वाचन’ : सरकारलाई पाँचदलीय संयन्त्रको ‘सुझाव’

सत्तारूढ पाँचदलीय गठबन्धनले बनाएको ‘उच्चस्तरीय राजनीतिक समन्वय समिति’ को शनिबार बसेको दोस्रो पटकको बैठकमा २०७९ जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सहमति जुटेको छ । गठबन्धनबीच सहमति जुटेपछि सोहीअनुरूप निर्वाचन आयोगसँग परामर्श गरेर चुनावको मिति तोक्न समन्वय समितिले प्रधानमन्त्री शेरबहादुर देउवामार्फत सरकारलाई ‘सुझाव’ दिएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा (राजमो) आवद्ध सत्ताधारी गठबन्धनको शनिबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले जेठ मसान्तसम्म स्थानीय तहको चुनाव सम्पन्न हुने गरी आयोगसँगको परामर्शमा मिति तोक्न सरकारलाई सुझाव दिएको जानकारी कांग्रेस नेता एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दिएका छन् ।

‘सरकारले अब निर्वाचन आयोगसँग परामर्श गर्छ र स्थानीय निकायको निर्वाचन मिति तोक्छ’– सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेका प्रवक्ता कार्कीले भने । स्थानीय निकायको निर्वाचनबारे निर्णय लिन शनिबार बिहान पनि बसेको सत्तारुढ गठबन्धनको बैठक अनिर्णीत भएपछि अपराह्न दोस्रो पटक बसेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निकाय निर्वाचन ‘नसार्न’ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई थमाएको पत्र अधिकार क्षेत्रभन्दा बाहिर भएको भन्दै बिहान बसेको गठबन्धनको बैठकमा नेताहरुले आलोचना गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर