newskoseli.Com

राष्ट्रियताको पक्षमा शुक्रबार वैद्य माओवादीको देशव्यापी जनप्रदर्शन

राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको प्रश्नलाई गम्भीरता र दृढतापूर्वक अघि बढाउनु पर्ने आवश्यकतालाई जोड दिँदै मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले माघ २१ गते शुक्रबार देशव्यापी विरोधसभा र जनप्रदर्शन आयोजना गरेको छ ।

सो पार्टीका महासचिव किरणद्वारा १६ माघ, २०७८ मा जारी वक्तव्यमा भनिएको छ– ‘राष्ट्रिय स्वाधीनताको रक्षा तथा सार्वभौमिकताको प्रश्न गम्भीर बन्दै गएको छ । एकातिर अमेरिकी साम्राज्यवादले एमसीसी परियोजना थोपर्ने धृष्टता गर्दै आएको छ भने अर्कोतिर भारतीय विस्तारवादले लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रमाथि निर्लज्ज अतिक्रमण गरेको छ ।’

वक्तव्यमा अगाडि भनिएको छ– ‘गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेस संसदबाट एमसीसी पारित गराउन लागिपरेको छ । अतिक्रमित लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाउँदा र त्यसको विस्तार गर्दा पनि पाँचदलीय गठबन्धन सरकारले आधिकारिक तथा औपचारिक रूपमा कुनै प्रतिवाद गरेको छैन । सो क्षेत्रमा भारतीय अतिक्रमण रोक्न तथा नेपाली भूूभाग फिर्ता ल्याउनका लागि कुनै पनि कूूटनीतिक तथा राजनीतिक पहल नगरी मौनता साँधेर बसेको छ । यो स्वाभिमानी नेपालीका लागि गम्भीर चिन्ताको विषय हो ।’

राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको पक्षमा आयोजित सङ्घर्षलाई सहयोग गर्न देशभक्त, प्रगतिशील तथा वामपन्थी शक्तिहरू र शुभचिन्तनकहरूलाई सो पार्टींले अनुरोध गरेको छ ।

यस्तो छ महासचिव वैद्यको विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर