newskoseli.Com

हट्यो ‘जोर–बिजोर’, स्कुल–कलेज फागुन १ देखि खुल्ने : के–के गर्न पाइने, के–के नपाइने ? (प्रशासनको आदेशसहित)

कोरोनाभाइरस महामारीको तेस्रो लहरबाट बच्न र बचाउन भन्दै आम जनताले नितान्त अनावश्यक र उटपट्याङपूर्ण ठानिएको ‘जोर–बिजोर’ को आदेश बल्ल हटेको छ । कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसअनुसार राजधानी उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनै जिल्ला प्रशासन कार्यालयमार्फत ७ माघदेखि उपत्यकामा लादिएको ‘जोर–बिजोर’ आइतबार (२३ माघ) मध्यरातिदेखि हटाइएको हो ।

फागुन १ देखि शिक्षक–शिक्षिका तथा विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय–विश्वविद्यालयहरु समेत सञ्चालन हुने भएका छन् । सोही दिनदेखि स्कुल, कलेज, ट्युसन सेन्टरलगायतका शिक्षण संस्था खोल्न र शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने निर्णय आइतबार गरिएको छ ।

फागुन १ देखि नै सबै परीक्षाहरु समेत ‘जेड आकार’ मा सञ्चालन गर्न सकिने भएको छ । १२ वर्ष पूरा नएका विद्यार्थीहरुको हकमा भने स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भएको छ ।

कोरोनाको रोकथाम, नियन्त्रण, उपचार र आम नागरिकले जनस्वास्थ्यका मापदण्डहरुको पूर्णरुपमा पालना गर्नुपर्ने, अनिवार्यरुपमा मास्क प्रयोग गर्नुपर्ने, घरबाटबाहिर निस्किँदा अनिवार्यरुपमा खोपकार्ड (मोबाइलमा भए पनि) बोकिराख्‍नु पर्ने प्रशासनको सूचनामा उल्लेख छ ।

सरकारी कार्यालय र व्‍यावसायिक स्थलहरुमा मास्कको अनिवार्य प्रयोग गर्नु पर्ने र कसैले मास्क नलगाई आएमा व्‍यवस्थापकले पाँच सय रुपैयाँ लिई मास्क उपलब्ध गराउनूपर्ने समेत सूचनामा उल्लेख छ । मास्क नलगाउनेलाई कार्यालय वा पसलमा प्रवेश नदिन पनि प्रशासनको आग्रह छ ।

अब के–के गर्न पाइने, के–के नपाइने ? यस्तो छ प्रशासनको आदेश–

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर