newskoseli.Com

वैशाख ३० गते एकै चरणमा स्थानीय चुनाव : मन्त्रिपरिषद्को निर्णय

‘नयाँ’ संविधान जारी भएयता स्थानीय तहको दोस्रो पटकको चुनाव वैशाख ३० गते एकै चरणमा सम्पन्न गर्ने निर्णय सरकारले गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तोकेको जानकारी गृहमन्त्री बालकृष्ण खाँणले सञ्चार माध्यमहरूलाई दिएका छन् ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पनि २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय भएको औपचारिक जानकारी दिएका छन् । यसअघि प्रधानमन्त्री र निर्वाचन आयुक्तहरूबीचको छलफलमा जेठ ४ गते स्थानीय चुनाव गर्ने निष्कर्ष निकालिएको थियो । उक्त छलफलमा आयोगले सामान्यतः ‘जेठ ५ अघि’ र विशेषतः जेठ ४ मा एकै चरणमा स्थानीय तहको चुनाव गर्नु उपयुक्त हुने लिखित परामर्श समेत दिएको थियो ।

त्यसअघि निर्वाचन आयोगले एकै चरणमा गर्ने भए वैशाख १४ मा र २ चरणमा गर्ने भए वैशाख १४ तथा २२ मा चुनाव गर्नु उपयुक्त हुने भन्दै सिफारिस गरेको थियो । त्यसपछि सत्ता गठबन्धनका ५ दलबीच ‘जेठ मसान्तभित्र’ निर्वाचन गर्ने सहमति जुटेपछि आयोगले जेठ ४ मा गर्नुपर्ने भन्दै लिखित परामर्श प्रस्तुत गरेको थियो ।

जेठ ५ अघि चुनाव सम्पन्न गरिसक्ने हुँदा विद्यमान ऐन–कानुनमा केही पनि परिमार्जन–संशोधन गर्नु नपर्ने सुझाव सबैतिरबाट आएपछि अन्ततः २०७९ वैशाख ३० मा चुनाव गराउने निर्णयमा सरकार पुगेको हो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर