newskoseli.Com

कांग्रेस नेता कोइराला पुगे ओली निवास : के–के भए छलफल ?

मुख्य सत्तारूढ नेपाली कांग्रेसका ‘असन्तुष्ट’ नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष खड्ग ओलीसँग भेटघाट गरी राजनीतिक छलफल गरेका छन् । ओलीलाई भेट्न डा. कोइराला मंगलबार साँझ भक्तपुरको बालकोटस्थित ओलीनिवास पुगेका हुन् ।

ओली–कोइरालाबीच भेटघाट र राजनीतिक छलफल भएको ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले पुष्टि गरेका छन् । समसामयिक राजनीतिक सन्दर्भमै केन्द्रित रहेर दुई नेताबीच छलफल भएको उनको भनाइ छ ।

सरकारले सोमबार स्थानीय तहको निर्वाचन घोषणा गरी २०७९ वैशाख ३० को मिति तोकेसँगै राजनीतिक माहोल तात्न थालेको छ । पाँचदलीय सत्तारुढ गठबन्धनबीच चुनावी मोर्चाबन्दीको सम्भावना देखिएका बेला कांग्रेसभित्रको कोइराला पक्षले गठबन्धन तोड्दै एक्लै चुनाव लड्नुपर्ने मत प्रकट गरिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललगायतले गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने तर्क गरिरहेका छन् ।

एकातिर आफ्नो पार्टी विभाजन भएर निकै कमजोर भइरहेको एमाले चुनाव नजिकिएसँगै आत्तिन थालेको छ भने अर्कातिर प्रभावशाली राजनीतिक दलहरू आबद्ध गठबन्धनबीच तालमेलको सम्भावनाले ओली र एमाले झनै त्रसित बनेका छन् । यस्तो पृष्ठभूमिमा ‘जसरी भए पनि गठबन्धन भत्काउने’ एकसूत्रीय नीतिका साथ चौतर्फी अराजकता मच्चाइरहेको एमालेका अध्यक्ष ओली र कांग्रेसभित्रको ‘असन्तुष्ट पक्ष’ का नेता कोइरालाबीच अकस्मात भएको भेटवार्तालाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर