newskoseli.Com

एमसीसी स्वीकार्न यसकारण सकिँदैन : लीलामणि पोख्रेल (पुस्तिकासहित)

नेपाली कम्युनिस्ट आन्दोलनका स्थापित र लोकप्रिय नेताहरुमध्येका एक हुन् लीलामणि पोखरेल । विशेषतः जलस्रोत र जलसम्पदा, प्राकृतिक स्रोत–साधन र सीमा समस्या तथा नेपाल–भारत सम्बन्धका विषयमा नेता पोखरेलले गहिरो अध्ययन, अन्वेषण, विश्लेषण र संश्लेषण गर्दै आएका छन् । राष्ट्रियताका पक्षमा खरो वकालत, हक्की स्वभाव, स्पष्ट वक्ता एवं धाराप्रवाह अभिव्यक्ति शैली नेता पोखरेलका विशेषता हुन् । नेपाली कम्युनिस्ट आन्दोलभित्रका अध्ययनशील र इमानदार नेताको नाम लिइँदा औंलामा गन्न सकिने पात्रहरुमध्येमा माओवादी नेता लीलामणिको नाम छुट्दैन ।

यतिबेला नेपाल राष्ट्र सात समुद्र पारिको अमेरिकी साम्राज्यवादको प्रत्यक्ष दादागिरीबाट प्रताडित छ । अमेरिकी सहयोग नियोगका नामबाट नेपालमा लाद्न खोजिएको ‘एमसीसी’ परियोजना नेपाली जनताको अत्यधिक ठूलो बहुमतबाट अस्वीकृत भइसक्दा समेत सत्ताका मुख्य दुई खेलाडी नेपाली कांग्रेस र एमालेले भने छिटोभन्दा छिटो संसदबाट पारित गराउने जमर्को गरिरहेका छन् । तत्काल त्यसलाई पारित नगरिए ‘कुनै पनि बहाना स्वीकार्य नहुने’, ‘परियोजना खोसेर अन्तै दिइँने’, ‘अमेरिका र अमेरिकी संलग्नतामा नेपालले पाउँदै आएको र भविष्यसम्ममा पाउने सबै वैदेशिक सहयोगमा गम्भीर प्रतिकूल प्रभाव पर्ने’, ‘चिनियाँ दबावका कारण अस्वीकृत भएको अर्थमा लिइने’ आदि–इत्यादिजस्ता धम्कीहरु अमेरिकाले नेपाली नेतृत्वमाथि दिइरहेको छ ।

यो पृष्ठभूमिमा एमसीसी के हो ? यो किन नेपाल राष्ट्र र नेपाली जनताका निम्ति हानिकारक एवं घातक छ ? यसका कुन–कुन प्रावधानहरु नेपाल राष्ट्रका विरुद्ध छन् ? यी र यस्ता कयौं प्रश्नहरुबारे सूक्ष्म अध्ययन गरेर संक्षिप्त विश्लेषण गर्दै नेता लीलामणि पोखरेलले एउटा पुस्तिका प्रकाशित गरेका छन् । सोही पुस्तिका हामीले यहाँ प्रस्तुत गरेका छौं ।

यी हुन् एमसीसी स्वीकार्न नसकिने आधारहरू–

 

र, थप यो (भिडियो) पनि–

यो पनि पढ्नुहोस्–
के छ बहुविवादित एमसीसी सम्झौतामा ? (पूर्णपाठ, नेपालीमा)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर