newskoseli.Com

एमसीसी ‘टेबुल’ हुँदै, संघर्ष तीव्र : बुधबार ‘शक्तिशाली र जुझारु’ नेपाल बन्द

अमेरिकी साम्राज्यवादको दादागिरीपूर्ण परियोजना कथित एमसीसी लाद्ने अन्तिम तयारी भइरहँदा देशभक्त, जनवादी शक्तिहरुले त्यसका विरुद्धको संघर्षलाई उचाइमा उठाउने प्रयत्न गरिरहेका छन् । यसै सिलसिलामा बुधबार ५ कम्युनिस्ट घटक र एक मोर्चाले ‘शक्तिशाली र जुझारु’ नेपाल बन्दको आह्वान गरेका छन् ।

‘एमसीसी कम्प्याक्टले नेपाली राष्ट्रिय स्वाधिनताको आन्दोलनमा सर्वाधिकरुपमा निम्त्याउने अमेरिकी साम्राज्यवादी हस्तक्षेपका विरुद्ध नेपाली जनताले कठोर संघर्ष गर्दै आइरहेको छ । जसको परिणाम एमसीसी कम्प्याक्टलाई संसदबाट पारित गराउने विगतका दलाल सरकार र वर्तमान देउवा सरकारको रणनीतिक योजना सफल हुन सकेको थिएन,’ नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक आहुति, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र नेकपा (माओवादी केन्द्र समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकीको हस्ताक्षरसहित मंगलबार जारी संयुक्त प्रेस विज्ञप्तिमा लेखिएको छ– ‘बरु सरकारी गठबन्धन र संसदवादी दलभित्रै नेपाली जनताको एमसीसी कम्प्याक्ट विरोधी संघर्षले पैदा गरेका अन्तर्विरोध एवं अवरोधहरुको सामना गर्नुपरेको थियो ।’

‘हाम्रो राष्ट्रिय स्वाधिनतामाथि खतरा निम्त्याउने एमसीसी कम्प्याक्टका विरूद्ध उच्च तहको जुझारू एवं प्रभावकारी संघर्षको कार्यक्रमबाट देउवा सरकार र नेपाली दलालहरूको फागुन ४ गते संसदमा एमसीसी कम्प्याक्ट पेस गर्ने र पारित गर्ने षड्यन्त्रलाई परास्त गर्नु हामी संघर्षरत ५ कम्युनिस्ट पार्टी र एक मोर्चाले आफ्नो कर्तव्य र राष्ट्रिय स्वाधिनताको आन्दोलनको ऐतिहासिक आवश्यकता ठानेका छौं,’ विज्ञप्तिमा उल्लेख छ– ‘विषयको यही गाम्भीर्यतालाई दृष्टिगत गरी फागुन १ गते घोषणा गरिएको देशव्यापी विरोध प्रदर्शन र सभा कार्यक्रमलाई गुणात्मकरुपमा विकास गरी फागुन ४ गते शक्तिशाली र जुझारू नेपाल बन्द तथा फागुन ५ गतेदेखि थप संघर्षका कार्यक्रम दिइने निर्णय सार्वजनिक गरेका छौं ।’

यो पनि पढ्नुहोस्–

एमसीसी स्वीकार्न यसकारण सकिँदैन : लीलामणि पोख्रेल (पुस्तिकासहित)

यस्तो छ ५ दल र मोर्चाको अपिल–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर