विवादास्पद एमसीसी कम्प्याक्ट प्रतिनिधिसभाबाट अनुमोदन गर्न नेकपा (माओवादी केन्द्र) ले जनाएको सहमतिविरुद्ध सो पार्टीका तीन वरिष्ठ नेताहरुले आफ्नो पार्टीभित्र औपचारिकरुपमै आ–आफ्नो असहमति दर्ज गरेका छन् । पार्टीको केन्द्रीय कार्यालयमार्फत लिखित असहमतिपत्र दर्ता गराएर सांसद् एवं पूर्वसभामुख कृष्णबहादुर महरा, नेता लीलामणि पोख्रेल र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले औपचारिक असहमति दर्ज गरेका हुन् ।
‘सम्झौताबारे गहन छलफल र राष्ट्रिय सहमतिविना हतारमा सम्झौताको अङ्ग बन्ने कुनै वैधानिक हैसियतको कुनै बाध्यकारी व्यवस्था नरहेको १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ नेपालको सार्वभौम अधिकार नै खण्डित हुने एमसीसी करार सम्झौतालाई सदनबाट वैधानिक मान्यता दिन अनुमोदन गरिनु झन् गम्भीर गल्ती भएको छ,’ नेतात्रयले असहमतिपत्रमा लेखेका छन्– ‘यसप्रकारका रणनीतिक विषयमा सदनबाट अनुमोदनपूर्व केन्द्रीय समितिको बैठक बसी निर्णय गरिनुपर्थ्यो । त्यति मात्र होइन, संसद्मा प्रतिपक्षले ६ महिना पूर्वदेखि बैठक अवरुद्ध गरिरहेको अवस्थामा संसद्को बैठक सञ्चालनसम्बन्धी सामान्य प्रजातान्त्रिक विधिसम्म पनि अवलम्बन नगरी एकै दिनमा रातारात नोकरशाही ढङ्गले अनुमोदन गरियो ।’
यस्तो छ नेतात्रयको ‘नोट अफ डिसेन्ट’–