चुनावी अभियानको नेतृत्व सम्हाल्न नेपाली कांग्रेसले देशका ७७ वटै जिल्लामा नेताहरु खटाएको छ । मंगलबार राजधानीमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले वैशाख ३० मा हुने स्थानीय तह चुनावमा पार्टीलाई जिताउन भन्दै नेताहरुको जिम्मेवारी तोकेको हो ।
देशभर चुनावी माहोल सिर्जना गर्दै कांग्रेसका पक्षमा जनमत सिर्जना गर्नका लागि कांग्रेसले एक महिनासम्म ‘गाउँ–गाउँमा कांग्रेस’ अभियान चलाउने भएको छ । सो अभियान फागुन २९ देखि चैत २९ गतेसम्म चल्ने बताइएको छ ।