newskoseli.Com

चुनाव बहिष्कार गर्ने क्रान्तिकारी माओवादीको घोषणा

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आसन्न स्थानीय चुनाव बहिष्कार गर्ने निर्णय लिएको छ । फागुन २५–२९ मा राजधानीमा सम्पन्न सो पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकका निर्णयहरू सार्वजनिक गर्न क्रान्तिकारी माओवादीका महासचिव किरणले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार महासचिव किरणद्वारा प्रस्तुत ‘वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार’ शीर्षक राजनीतिक प्रस्ताव व्यापक छलफल–बहस गरी आवश्यक थपघट तथा परिमार्जनसहित सर्वसम्मत रूपमा पारित गर्दै क्रान्तिकारी माओवादी चुनाव बहिष्कारको तयारीमा लागेको छ ।

‘प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्त्वहरूद्वारा पैसाको खोलो बगाउने भएको, चरम रूपमा साधन स्रोतको दुरूपयोग तथा शक्ति प्रदर्शन गर्ने देखिएको, स्वच्छ तथा निष्पक्ष निर्वाचनको कुनै सम्भावना नरहेको, प्रतिक्रियावादी राज्यसत्ताका तीनओटै अङ्ग असफल सावित हुँदै गए पनि नोकरशाही राज्यसंयन्त्रको बलमा यो सत्ता तथा व्यवस्था टिक्न पुुगेको, अहिले संसदमा राष्ट्रघाती एमसीसी अनुमोदन गर्ने काममा नेकांका साथै कम्युनिस्ट नामधारी माके, एकीकृत समाजवादी, एमालेलगायतका राजनीतिक दलहरूद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली तथा राष्ट्रिय गद्दारी गरिएको स्थितिमा तिनको अझै भण्डाफोर गर्नु अति जरुरी भएको, निर्वाचन उपयोगको प्रश्न हरेक दृष्टिले सार्थक बन्ने सम्भावना नरहेको र पार्टीको क्रान्तिकारी छवि उपयोग होइन बहिष्कारद्वारा नै समुज्ज्वल हुने देखिएकोले स्थानीय निर्वाचनको बहिष्कार गर्ने नीति अवलम्बबन गरिएको छ’– महासचिव किरणद्वार प्रस्तुत भई पारित राजनीतिक प्रस्तावमा उल्लेख छ ।

यस्तो छ महासचिव किरणको विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर