newskoseli.Com

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य निष्काशित

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का एक केन्द्रीय सदस्य निष्काशित भएका छन् । लामो समयदेखि पार्टी र नेतृत्वको सम्पर्कमा नआई पार्टीविरोधी गतिविधिमा रहेको भन्दै केन्द्रीय सदस्य कृष्ण गुरूङ ‘असमान’ लाई केन्द्रीय समिति सदस्यबाट निष्काशन गरिएको सो पार्टीका महासचिव किरणले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘हाम्रो पार्टीका केन्द्रीय समितिका सदस्य कृष्ण गुरुङ ‘असमान’ लामो समयसम्म पार्टीको सम्पर्कमा नरहेको, अनुशासनहीन गतिविधिमा संलग्न रहेको, पार्टीभित्र गुटबन्दी गरी अन्य विपक्षी पार्टीमा जान कुरा चलाएको, कार्यालयबाट भेटेर कुरा गर्न खोज्दा भेट गर्न नचाहेको र उहाँ आफैंले विपक्षी पार्टीमा जानेबारे छलफल चलाइरहेको कुरा स्वीकार गरेको हुनाले उहाँलाई पार्टीको केन्द्रीय समिति सदस्यबाट निष्काशन गरिएको छ’– महासचिव किरणले विज्ञप्तिमा लेखेका छन् ।

यो समाचार पनि पढ्नुहोस्–
वैद्यले फेरि निष्काशन गरे पोलिटब्युरोसहित ३ केन्द्रीय सदस्य

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर