newskoseli.Com

वैद्यले फेरि निष्काशन गरे पोलिटब्युरोसहित ३ केन्द्रीय सदस्य

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले फेरि पोलिटब्युरो सदस्यसहित ३ केन्द्रीय नेतालाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । यसअघि २१ चैतमा पनि सो पार्टीले एक केन्द्रीय सदस्यलाई निष्काशित गरेको थियो ।

‘नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य नगेन्द्र राई ‘लालबहादुर’, केन्द्रीय सदस्यहरु निलबहादुर पुन ‘हिरा’ र कुमार बोगटी ‘विकल्प’ ले लामो समयदेखि पार्टी हितविरुद्ध गुटबन्दी गर्दै फुटपरस्त गतिविधिहरुमा संलग्न रहँदै आएको, केन्द्रीय कार्यालयका तर्फबाट सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन नचाहेको, पार्टीले दिएका जिम्मेवारी पूरा नगरी विरोधी पार्टीहरुमा प्रवेश गर्ने उद्देश्यले मोलतोल (बार्गेनिङ) गरेको र कुमार बोगटीको हकमा व्यक्तिगत कामका लागि पार्टीबाट ६ महिनाको घरबिदा लिएर बसेको तर उक्त अवधि समाप्त भएपछि पनि पार्टी सम्पर्कमा नआएको समेतका आधारमा पार्टीको स्थायी समितिको निर्णयअनुसार उहाँहरुलाई पार्टीको केन्द्रीय समिति, जबसलगायत अन्य जिम्मेवारीहरुबाट हटाउनुका साथै पार्टीको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कार्बाही गरी निष्काशन गरिएको छ’– क्रान्तिकारी माओवादीका महासचिव किरणले शुक्रबार प्रेषित गरेको विज्ञप्तिमा भनिएको छ ।

यी समाचार पनि पढ्नुहोस्–

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य निष्काशित

विप्लवका प्रवक्ता निर्वाचन आयोगमा : केको हुँदैछ तयारी ?

यो भिडियो पनि हेर्नुहोस्–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर