newskoseli.Com

यी ७० अस्पतालमा पाइन्छ निःशुल्क डायलासिस सेवा (अस्पतालको सूचीसहित)

मिर्गौलाले कामै गर्न छाडेर पीडित बनेका विपन्न बिरामीहरूलाई सरकारले केही वर्षयता निःशुल्क डायलासिस सेवा प्रदान गर्दै आएको छ । सरकारी निर्णय र तयारीअनुसार मिर्गौला पीडितले यो सेवा आजीवन नै निःशुल्क प्राप्त गर्नेछन् ।

मापदण्ड पुगेका देशभरका विभिन्न सरकारी अस्पतालहरूबाट सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा समेत दिदै आएको छ । प्रत्यारोपण गरेकाहरूका लागि उपचार तथा औषधि खर्चवापत १ लाख रुपैयाँ पनि दिइन्छ ।

नेपालमा करिव ३० लाख नागरिक मिर्गौलाको समस्याबाट पीडित रहेको तथ्यांक छ । मिर्गौलाको समस्याकै कारण हरेक वर्ष ३ हजार नयाँ बिरामी थपिने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । ४ हजारभन्दा बढी पीडितहरूले नियमित डायलासिस गराइरहेको मन्त्रालयको भनाइ छ ।

यतिबेलाको विवरणअनुसार निःशुल्क डायलायसिस सेवा दिने गरी सरकारले देशभरका विभिन्न स्थानमा गरी ७० वटा अस्पताल तोके छ । ती अस्पतालमा दैनिक ४ सिफ्टसम्म डायलासिस सेवा दिने गरिएको पाइन्छ ।

यी हुन् निःशुल्क डाइलासिस सेवा पाइने अस्पतालहरू–

  1. वीर अस्पताल, काठमाडौं
  2. त्रिवि शिक्षण अस्पताल, काठमाडौं
  3. नेपाल मेडिकल कलेज, काठमाडौं
  4. राष्ट्रिय मिर्गौला उपचार केन्द्र, काठमाडौं
  5. नेसनल डायलासिस सेन्टर, काठमाडौं
  6. हिमाल अस्पताल, काठमाडौं
  7. भेनस अस्पताल, काठमाडौं
  8. वीरेन्द्र सैनिक अस्पताल काठमाडौं
  9. नेपाल प्रहरी अस्पताल, काठमाडौं
  10. ब्लुक्रस अस्पताल , काठमाडौं
  11. ग्रीनसिटी अस्पताल, काठमाडौं
  12. ग्रान्डी अस्पताल, काठमाडौं
  13. मनमोहन मेमोरियल अस्पताल काठमाडौं
  14. ॐ अस्पताल, काठमाडौं
  15. पाटन अस्पताल, ललितपुर
  16. बयोधा अस्पताल, ललितपुर
  17. अल्का अस्पताल, ललितपुर
  18. आरोग्य स्वास्थ्य प्रतिष्ठान, ललितपुर
  19. बी एण्ड बी अस्पताल, ललितपुर
  20. सुमेरु अस्पताल, ललितपुर
  21. राष्ट्रिय मिर्गौला उपचार केन्द्र (शाखा), ललितपुर
  22. नेपाल मेडिसिटी अस्पताल, ललितपुर
  23. किस्ट मेकिडल कलेज अस्पताल, ललितपुर
  24. सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर
  25. धुलिखेल अस्पताल, काभ्रेपलाञ्चाेक
  26. चुरे हिल अस्पताल, हेटौंडा
  27. चरक मेमोरियल हस्पिटल, पोखरा
  28. गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवल
  29. नोबेल मेडिकल कलेज अस्पताल, विराटनगर
  30. नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी अस्पताल, विराटनगर
  31. लेकसिटी अस्पताल, पोखरा
  32. क्रिमसन अस्पताल, रुपन्देही
  33. मेची अस्पताल, झापा
  34. विर्तासिटी अस्पताल, झापा
  35. पाथिभरा अस्पताल, झापा
  36. धौलागिरी अस्पताल, बाग्लुङ
  37. नेसनल मेडिकल कलेज, वीरगञ्ज
  38. जानकी हेल्थकेयर, जनकपुर
  39. भरतपुर अस्पताल, चितवन
  40. प्रदेश अस्पताल, सुर्खेत
  41. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
  42. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्की
  43. गजेन्द्रनारायण सिहं अस्पताल, सप्तरी
  44. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
  45. नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज
  46. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
  47. कोशी अस्पताल, विराटनगर
  48. प्रादेशिक अस्पताल, जनकपुर
  49. भेरी अस्पताल, बाँके
  50. सेती अस्पताल, कैलाली
  51. गण्डकी मेडिकल कलेज, पोखरा
  52. युनिभर्सल मेडिकल कलेज भैरहवा
  53. चितवन मेडिकल कलेज, चितवन
  54. कलेज अफ मेडिकल साइन्सेस, भरतपुर
  55. नेपालगञ्ज मेकिडल कलेज, बाँके
  56. मणिपाल शिक्षण अस्पताल, पोखरा
  57. गोल्डेन अस्पताल, विराटनगर
  58. सिद्धार्थनगर सिटी अस्पताल, बुटवल
  59. लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल
  60. बेनी अस्पताल, म्याग्दी
  61. पर्वत अस्पताल, पर्वत
  62. स्याङजा अस्पताल, स्याङजा
  63. सिद्धबाबा अस्पताल, बुटवल
  64. सिराहा अस्पताल, सिराहा
  65. राष्ट्रिय मिर्गौला उपचार केन्द्र शाखा रामेछाप
  66. राष्ट्रिय मिर्गौला उपचार केन्द शाखा, रत्ननगर
  67. राष्ट्रिय मिर्गौला उपचार केन्द्र, शाखा विराटनगर
  68. राष्ट्रिय मिर्गौला उपचार केन्द्र, शाखा, दमौली
  69. विराटनगर अस्पताल प्रालि, मोरङ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर