newskoseli.Com

महानगर–उपमहानगरमा गठबन्धनबीच मिल्यो भागबन्डा (सहमतिपत्रसहित)

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाआबद्ध सत्ताधारी गठबन्धनबीच स्थानीय तहको निर्वाचनमा मुलुकका ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा भागबन्डा मिलेको छ । बुधबारको अन्तिम सहमतिअनुसार नेपाली कांग्रेसले ३ तथा माओवादी केन्द्र, समाजवादी र जसपाले एक–एक महानगरको नेतृत्व पाएका छन् ।

गठबन्धनको बैठकले कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखको उम्मेदवार बनाउने सहमति जुटाएको छ । माओवादी केन्द्रलाई भरतपुर महानगरपालिका प्रमुखमा अनि समाजवादीलाई पोखरा र जसपालाई वीरगञ्ज महानगरपालिका प्रमुखमा गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएको छ ।

त्यसैगरी कांग्रेसले वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा उपमेयरको उम्मेदवारी दिने भएको छ । कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको प्रमुखमा साझा उम्मेदवारी दिने भएको छ भने जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा उपप्रमुखको दिने भएको छ ।

माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपप्रमुखसहित जितपुर सिमरा र घोराही उपमहानगरपालिका प्रमुख तथा धरान र धनगढी उपमहानगरपालिकाको उपप्रमुखमा मा गठबन्धनका तर्फबाट साझा उम्मेदवारी दिने भएको छ ।

यस्तो छ गठबन्धनबीचको समझदारीपत्र–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर