newskoseli.Com

६ महानगरमा गठबन्धनका को–को उम्मेदवार ?

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा आबद्ध सत्तापक्षीय गठबन्धनका तर्फबाट आसन्न स्थानीय तहको निर्वाचनमा कहाँ–कहाँ, को–को ‘साझा उम्मेदवार’ का रूपमा खडा भए त ? आम जिज्ञासाको विषय हुने नै भयो ।

अझ मुलुकका ६ महानगरपािलकाको मेयर पदमा गठबन्धनबाट को–को उम्मेदवार बने भन्नेमा सबैको ध्यानाकर्षणा भएको छ । मुलुकका ६ मध्ये ३ महानगरपालिकाको मेयर कांग्रेसले तथा एक–एक महानगरपालिकाको मेयर माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले लिने सहमति गठबन्धनबीच यसअघि नै भइसकेको थियो ।

सोही सहमतिअनुसार काठमाडौं, ललितपुर र विराटनगर महागरपालिकाको नेतृत्व कांग्रेसको भागमा परेको छ । कांग्रेसले काठमाडौंमा गणेशमान सिंहकी बुहारी एवं नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहलाई मेयरको उम्मेदवार बनाएको छ भने ललितपुरमा यसअघिकै मेयर चिरीबाबु महर्जनलाई फेरि मौका दिएको छ । त्यसैगरी, कांग्रेसले विराटनगरको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रको भागमा परेको भरतपुर महानगरपालिकामा यसअघिकै मेयर एवम् अध्यक्ष प्रचण्डपुत्री रेनु दाहाल नै उम्मेदवार बनेकी छन् । गठबन्धनका तर्फबाट माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले मेयर पाएको पोखरा महानगरपालिकामा धनराज आचार्य उम्मेदवार बनेका छन् । गठबन्धनकै तर्फबाट बाबुराम भट्टराई–उपेन्द्र यादव नेतृत्वको जसपाले मेयर पाएको वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंह उम्मेदवार बनेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर