newskoseli.Com

विप्लव–प्रकाण्डलाई चुनौती दिँदै धर्मेन्द्रको विज्ञप्ति : उम्मेदवारी फिर्ता लिन अपिल (पूर्णपाठसहित)

पार्टी केन्द्रीय समितिको निर्णय, पार्टीको नीति, विचार, सिद्धान्त र तमाम नेता–कार्यकर्ताको चाहना र भावनाविरुद्ध संसदीय व्यवस्थाभित्रको चुनावमा उम्मेदवारी खडा गरेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ समूहलाई चुनौती दिँदै बहुमत पक्षका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विज्ञप्ति जारी गरेका छन् ।

‘वैशाख ३० गते हुने भनिएको स्थानीय निर्वाचनका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीको आठौं केन्द्रीय समितिको १२औं बैठकको निर्णयअनुसार पार्टी दर्ता नगर्ने र चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसीविरोधी उम्मेदवारलार्य सम्थर््न् गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित भएबमोजिम पार्टीले चुनाव उपयोग नगर्ने नीतिको तात्पर्य स्वाभाविकरूपले न्यूनतम मूल्यमा केन्द्रीय समितिका सदस्य र जिल्लाका पदाधिकारी उम्मेदवारमा नउठ्ने मान्यताका विपरीत कतिपय कमरेडहरूले विभिन्न पदहरूमा मनोनयन दर्ता गरेका समाचारहरू सार्वजनिकरूपमा प्रकाशित भएकाले पार्टीको नीति अनुशरण गर्ने कमरेडहरूलाई नीतिविपरीत देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि पार्टीको सचिवालय हार्दिक अपिल गर्दछ’– सोमबारको मिति उल्लेखित तर न्युजकोसेलीलाई मंगलबार प्राप्त कञ्चनको विज्ञप्तिमा लेखिएको छ ।

विप्लव नेकपाको केन्द्रीय सचिवालयका ५ नेतामध्ये बाँस्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’ तथा केन्द्रीय सल्लाहकार समितिका सबै नेता र केन्द्रीय समितिका करिव दुईतिहाई नेता यसरी चुनाव लड्ने विप्लव–प्रकाण्ड समूहको कदमका विरुद्ध छन् । केन्द्रीय सदस्य माइला लामासहितको उपस्थितिमा हालै बसेको काठमाडौं महानगर समितिको बैठकले चुनाव लड्ने कदमको एकमतद्वारा औपचारिक विरोध नै गरेको खबर सोही पार्टीसम्बद्ध ईरातोखबर डटकमले प्रकाशित गरेको छ ।

यस्तो छ विप्लव–प्रकाण्डका कदमलाई चुनौती दिने धर्मेन्द्रको विज्ञप्ति–

यो समाचार पनि पढ्नुहोस्–
विप्लव–प्रकाण्ड समूहका ‘स्वतन्त्र उम्मेदवार’ : को–को, कहाँ–कहाँ ? (पूर्ण विवरण)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर