newskoseli.Com

गठबन्धनको निर्णय : बागी उम्मेदवारी फिर्ता, एमालेसँगको तालमेल खारेज (विज्ञप्तिसहित)

आसन्न स्थानीय तहको निर्वाचनका लागि देशव्यापी गठबन्धन गर्ने प्रयास गरेका सत्तापक्षीय ५ दलले आइतबार र सोमबार उम्मेदवारी दिँदा अधिकांश स्थानमा त्यो प्रयास सार्थक तुल्याउन सकेनन् । कतिपय स्थानमा बागी उम्मेदवार उठे भने केही स्थानमा गठबन्धनभित्रैका कतिपयले गठबन्धनको निर्णयविपरीत विपक्षी एमालेसँगको तालमेलमा समेत उम्मेदवारी दर्ता गराए ।

बुधबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले भने गठबन्धन बाहेकका दलसँग कुनै पनि तहमा तामेल नगर्ने र तालमेलमै उम्मेदवारी दर्ता गरिएका ठाउँहरूमा समेत त्यस्तो गठबन्धन सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय गरेको छ । एकाध ठाउँमा कांग्रेस र एमालेबीच तालमेल भएको र एकीकृत समाजवादीले समेत एमालेसँग तालमेल गरेको पाइएको नेताहरुको भनाइ छ ।

त्यसरी तालमेल खारेज भएपछि गठबन्धनकै दलभित्रका अन्य उम्मेदवारलाई समर्थन गरेर चुनावमा जाने निर्णय शीर्ष नेताहरूले लिएका छन् । त्यसैगरी, गठबन्धनको निर्णयविपरीत दर्ता भएका बागी उम्मेदवारी पनि तत्काल फिर्ता लिने सहमति शीर्ष नेताहरूबीच भएको छ ।

महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँटको सहमतिविपरीत गठबन्धनभित्रैका दल तथा उम्मेदवारहरूका तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहमत भएका छन् ।

गठबन्धनका शीर्ष नेताबीचको संयुक्त विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर