newskoseli.Com

भोट हाल्न छिर्दा के–के गर्न नपाइने, के–के पाइने ? (विज्ञप्तिसहित)

निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै मतदानका दिन मतदाताले गर्न पाइने र नपाइने व्यवहारहरुबारे स्पष्ट पारेको छ । मतदान गर्ने दिन मादक पदार्थ सेवन गरेर मतदानस्थल जान नपाइने आयोगले जनाएको छ ।

मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए पनि मतदानस्थलमा प्रवेश गर्न नदिन आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । मतदानस्थलमा प्रवेश गर्न अनुमति पाएका मतदाता वा अन्य कुनै पनि व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिँच्ने उपकरण, सलाई–लाइटरजस्ता प्रज्वलनशील र एसिडजन्य पदार्थ, कुनै प्रकारका हातहतियार, नमूना मतपत्रलगायतका कागजातहरु, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनाइने कुनै वस्तु समेत लैजान नपाइने आयोगले जनाएको छ ।

यस्ता कार्य गरेमा कानुनवमोजिम कारबाही हुने चेतावनी आयोगले दिएको छ । मतदानका दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एकजना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमति प्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवम् दृष्टिविहीन वा शारीरिकरूपले अशक्त मतदाताको सहयोगका लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था रहेको आयोगले प्रष्ट्याएको छ ।

मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढंगले सञ्चालनमा सहयोग गर्न आयोगले मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सरोकारवालाहरूलाई अपिल समेत गरेको छ ।

यस्तो छ निर्वाचन आयोगको विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर